चितवन समाचार डटकम, २७ असार ।
चितवन निर्वाचन क्षेत्र नम्बर -२ का ७३२ घरधुरीलाई खर वा फुसका छाना प्रतिस्थापन गरि जस्ताकाे छाना लगाईने भएको छ । सुरक्षित नागरिक अाबास कार्यक्रम अन्तरगत बजेट ब्यवस्था गरिएको यस क्षेत्रका सांसद कृष्णभक्त पाेखरेलले जानकारी दिनुभयो ।
सांसद पाेखरेलका अनुसार भरतपुर महानगरपालिका वडा नम्वर १,२,३,४,५,७,१०,११,१२ र २९ का १६६, कालिका नगरपालिकाका ३०० र ईच्छाकमना गाउँपालिकाका २६६ घरमा फुस्काे छाना हटायर जस्ताकाे छाना लगाईने छ । प्रति घर धुरी ५० हजार रुपैयाँ खर्च गर्ने गरि अागामि अार्थिक बर्ष शुुरुहुनासाथ बजेट प्राप्त हुने र काम अघि बढ्ने सांसद पाेखरेलले जानकारी दिनुभयाे । सरकारले नागरिककाे सुरक्षित अावासका लागि फुसकाे छाना प्रतिस्थापन गर्न लिएको निति अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा बजेट परेकाे हाे ।
