नारायणी र राप्तीको कटान क्षेत्रलाइ सुरक्षित गरिन्छ : प्रचण्ड

चितवन समाचार डटकम
मेघौली ,२७ असार ।
नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी र राप्ती नदीको कटान क्षेत्रलाइ एक वर्ष भित्र सुरक्षित बनाउने गरि काम अगाडि बढेको बताउनु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका मेघौली नजिक नारायणी नदीको कटान क्षेत्र शनिवार निरिक्षण गर्दै नदी कटान रोक्न तटबन्धन कार्यक्रमको काम भैराखेको बताउनु भयो । निरिक्षण पछि सन्चारकर्मी सङ कुरा गर्दै आफ्नो निर्वाचन क्षेत्रमा राप्ती र नारायणी नदीको कटान समस्या रहेको बताउनु भयो । उहाले भन्नू भयो आज प्रधानमन्त्री ज्यु सङ सम्वादको कार्यक्रम थियो त्यसलाइ थाती राखेर बाढी प्रभावित स्थान अबलोकन गर्न आएको जानकारी दिनु भयो । उहाले तटबन्धन कार्यक्रमलाइ तिब्रता दिएको छ , महानगरको रिङ रोड र तटबन्धन कार्यक्रम मेरो पहिलो प्राथमिकता हो ।
प्रधानमन्त्री सङको सम्वाद यताबाट फर्के पछि गर्ने छु उहाले भन्नू भयो अहिले जनताको समस्या हेर्ने छु त्यही भएर चितवन आए, उहाँलेे भन्नुभयो । नेकपा अध्यक्ष समेत रहनु उहाँ शनिबार माडी को विभिन्न क्षेत्र अबलोकन गर्ने कार्यक्रम रहेको छ ।

शेयर गरौ

ताजा अपडेट