बाढीको जोखिबमाट सतर्क रहौं, म जनता संगै छु : सांसद भुर्तेल

मेघौली, असार २६ ।

बागमती प्रदेश सभाका सदस्य कृष्ण प्रसाद भुर्तेलले बाढीको सम्भावित जोखिमबाट सतर्क रहन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै सांसद भुर्तेलले चितवनका मुख्य दुई ठूला नदीहरु नारायणी र राप्तीका साथै अन्य सबै नदि तथा खोलाका तटिय क्षेत्रमा बसोवास गर्ने सम्पुर्ण स्थानीयहरुलाई पानीको बहाब बढिरहेकाले जोखिबमाट जोगिन आग्रह गर्नुभएको हो ।

“नदी आसपासमा बसोबास गर्ने सम्पुर्ण जनसमुदायमा विशेष सतर्कताका लागि आह्वान गर्दछु ।” विज्ञप्तिमा भनिएको छ – “यस विषम परिस्थितीमा प्रशासन तथा सुरक्षा निकायहरुलाई उद्धार एवं राहतका लागि तयारी अवस्थामा रहन पनि म विशेष आग्रह गर्दछु । साथै उहाँले आँफु जुनसुकै बेला जनताको माझमा रहेको उल्लेख गर्दै जनताको दुःख मा साथ दिन तत्पर रहेको समेत बताउँनुभएको छ ।

चितवनका मंगलपुर, गाँजीपुर, मेघौली, जितपुर, लौखरी लगायतका क्षेत्र नारायणी र जगतपुर, घैलाघारी, ध्रुव लगायतका क्षेत्र राप्ती नदीको जोखिममा छन् । सांसद भुर्तेलले चितवन निर्वाचन क्षेत्र नम्बर ३ क बाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुन्छ ।

शेयर गरौ

ताजा अपडेट