काठमाडौँ ,२६ असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित भएको छ । अबिरल वर्षासँगै देशभर गएकाे बाढी पहिरोका कारण विपतमा परेकाकाे राहत तथा उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप ७ दिन अर्थात साउन २ सम्मका लागि स्थगित गरेको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् ।