सरकारकाे पक्षमा भरतपुरमा प्रदर्शन

चितवन समाचार डटकम, २४ असार । सरकार परिवर्तन बारे नेकपा शिर्ष नेतृत्व बिच रस्साकसी चलिरहेका बेला बर्तमान सरकारकाे पक्षमा भरतपुरमा अाज प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्माकाे अाेली सरकारकै निरन्तरताकाे माग गर्दै नेकपाका युवा तथा बिद्यार्थीले प्रदर्शन गरेका हुन् । दिउसाे ३ देखि ४ बजे सम्म भरतपुरकाे चाैविसकाेठिमा प्लेकार्ड सहित प्रदर्शन गरिएको थियाे । सरकार ढाल्न पाईदैन, पार्टी एकता जिन्दावाद लगायतका माग राख्दै प्लेकार्ड प्रदर्शन गरिएको थियाे ।

प्रदर्शन पछि अायाेजित काेणसभालाई नेकपाका युवा नेता कमल पाठकले राष्ट्रियता र समृद्धिकाे अभियान पूरा गर्न बर्तमान सरकारकाे बिकल्प नरहेकाे बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट