चितवन समाचार डटकम, २३ असार ।
भरतपुर अस्पताल काेभिड-१९ प्रयोगशालामा आज गरिएको परिक्षणमा चितवनका ५ जनामा काेराेना पाेजेटिभ देखिएको छ । प्रयाेगशालाका अनुसार माडी नगरपालिका वडा नम्वर २ का ४४ बर्षिय पुरुष, माडी नगरपालिका वडा नम्वर ६ का बर्ष ४५,२४ र २६ बर्षका ३ जना र रत्ननगर नगरपालिका वडा नम्बर ७ का २५ बर्षिया एकजना महिला रहेका छन् । अाज परिक्षण गरिएको २२३ जना मध्य अन्य २१८ जनाकाे रिपोर्ट नेगेटिभ अाएकाे प्रयाेगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिनुभयाे ।