गंगालाल अस्पतालमा उपचाररत सातजना बिरामीमा कोरोना : आकस्मिक बाहेक सबै बन्द

काठमाडौं, २३ असार । काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराई रहेका सात जना बिरामीमा कोरोना भाइरस संक्रमण फेला परेको ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएको पुष्टि गरे । उनका अनुसार उनीहरुको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ ।

अस्पतालले भने आज मंगलबारबाट आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ । थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

शेयर गरौ

ताजा अपडेट