चितवन समाचार डटकम, २२ असार । पार्टी एकताकोलागि दवाव सिर्जना गर्न कार्यकर्ताहरुले नेकपा चितवन कार्यालयमा धर्ना दिई प्रदर्शन गरेका छन् । पार्टी एकता जिन्दावाद, गुटफुट मुर्दावाद, एमसिसि खारेज गर, नागरिकता बिधेयक पारित गर लगायतका नारा लेखिएका प्लेकार्ड सहित युवा तथा बिद्यार्थी कार्यकर्ताले भरतपुर स्थित पार्टी कार्यालयमा धर्ना र प्रदर्शन गरे । दिउसाे १२:३० देखि १ बजे सम्म उनिहरुले प्रदर्शन गरे । कार्यक्रम पछि नेकपा चितवनका जिल्ला ईन्चार्ज कृष्णप्रसाद खनाल र अध्यक्ष यमवहादुर परियार ईन्द्रजितलाई केन्द्रकाे ध्यानाकर्षण स्वरुप प्रदर्शनकारिहरुले ज्ञापन पत्र बुझाएका थिए । प्रदर्शनमा युवा संघ सचिवालय सदस्य दिवस पाण्डे , जिल्ला अध्यक्ष मधु न्याैपाने, युवा तथा बिद्यार्थी नेताहरु केशव कडेल, राेहित सुवेदी , सन्ताेष पनेरु लगायत सहभागी थिए । पार्टी एकतालाई सुदृढ बनाई समाजवादकाे गन्तव्यमा लाग्न नेताहरूलाई खवरदारि गर्न कार्यक्रम गरिएको युवा संघका नेता दिवस पाण्डेले बताए ।