भरतपुरका थप ६ जनामा काेराेना पुष्टि

चितवन समाचारडटकम, १९ असार ।
भरतपुर काेभिड-१९ प्रयाेगशालामा आज गरिएको परिक्षणमा १३ जनामा काेराेना पाेजेटिभ देखिएको छ ।
जस्मध्ये ६ जना चितवन जिल्लाका रहेकाे भरतपुर काेभिड ल्यावका प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयाे ।
भरतपुर महानगरपालिका वडा नम्वर २७ , ६,१६,३ र ८ का एकएक जना गरि ४ जना र वडा नम्बर ६ मा २ जना गरि ६ जना पुरुषमा पाेजेटिभ देखिएको हाे । त्यसैगरी पुर्वी नवलपरासीकाे देवचुलिका ७ जनामा काेराेना पाेजेटिभ देखिएको छ । भरतपुर ल्यावमा जम्मा २२८ जनामा गरिएको परिक्षण मा यस्तो नतिजा अाएकाे हाे ।

शेयर गरौ

ताजा अपडेट