प्रधानमन्त्री ओलीको समर्थनमा भरतपुरमा प्रदर्शन

चितवन समाचार डटकम, १९ असार ।
सत्तारुढ नेकपा भित्र आन्तरिक मतभेद चुलिएको बेला अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले आज भरतपुरमा प्रदर्शन गरेका छन् ।
बर्तमान सरकार अहिले परिवर्तन नगरी पार्टी एकता सुदृढ गरेर अघि बढ्न नेताहरूलाई संदेश पुर्याउने उदेश्यले प्रदर्शन गरिएको कार्यक्रमका अगुवा अस्मिन घिमिरेले बताउनुभयाे । प्रदर्शनकारिहरुले भरतपुरकाे चाैविसकाेठिमा सरकार र प्रधानमन्त्री ओलीकाे समर्थनमा लेखिएका प्लेकार्ड बाेकेका थिए ।
सरकार ढाल्न पाईदैन, पार्टी एकता जिन्दावाद लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियाे । प्रदर्शन पछि भएको काेणसभामा मदनभण्डारी स्पाेर्ट्स एकेडेमी चितवनका संयाेजक अनाेज जाेशीले कम्युनिस्ट आन्दोलन काे उदेश्य र राष्ट्रियताकाे एजेन्डालाई उचाइमा पुर्‍याउन बर्तमान सरकारकाे निरन्तरता र एकतावद्द पार्टीकाे आवश्यक्तामा जाेड दिनुभयाे । कार्यक्रममा मदन भण्डारी फाउन्डेशन चितवनका अध्यक्ष डा.तिलचन्द्र भट्टराई, अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्य लगायत उपस्थित हुनुहुन्थ्यो ।

 

शेयर गरौ

ताजा अपडेट