चितवन, १९ असार । गण्डकी प्रदेशमा आज विहानै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या एक हजार ६३ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
शुक्रबार बिहान स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद बिन्दु शर्माले प्रेस विज्ञप्ति जारी गरी यो जानकारी गराएका हुन् ।
आज पुष्टि भएका संक्रमित नवलपरासी पूर्वका १९ जना, तनुहँका नौ, पर्वतका तीन र बागलुङका एक जना छन् । सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आसोलेसनमा लैजाने तयारी भइरहेको छ ।