चितवन,असार १८-
अहिले सरकार परिवर्तन गर्नु उपयुक्त नरहेको संदेश प्रवाह गर्न
युवाहरुले भरतपुरमा प्रदर्शन गर्ने भएका छन् । शुक्रबार अपरान्ह ४ बजे भरतपुरको चौविसकोठीमा प्रर्दशन गर्न लागिएको युवा समुहका अगुवा अस्मिन घिमिरेले जानकारी दिनुभयो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि ओलीका समर्थकले प्रदर्शन गर्न लागेका हुन् । आज विहिबार पनि काठमाडौं लगाएतका क्षेत्रमा प्रदर्शन गरिएको छ ।
कार्यक्रममा सरकार समर्थित युवा कार्यकर्ताहरुलाई उपस्थित हुन आग्रह गरिएको युवा अगुवा घिमिरेले बताउनुभयाे ।