स्कार्पियाे दुर्घटना : आमा छाेराकाे मृत्यु , बाबु छाेरी अस्पतालमा

चितवन, १६ असार ।
नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नंं २९ सत्र किलोमा सोमबार साँझ भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घटनामा तीन जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवन दिएको जानकारी अनुसार मृत्यु हुनेमा हेटौंडा ५ मकवानपुरकी ४८ वर्षिया प्रभा गौतम (धिताल) र २५ वर्षिय अनुज धिताल रहेका छन् । उनीहरु आमा छोरा हुन् । प्रभाको सोमबार साँझ र धितालको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपियो र विपरित दिशाबाट आउँदै गरेको एन एल ०१ क्यु ५१०६ नम्बरको ग्याँस बुलेट सोमबार साँझ एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हेटौंडा ५ का स्करपियो चालक ४८ बर्षिय राजन घिमिरे, ५३ बर्षिय कृष्ण धिताल र २७ वर्षिया बर्षा धितालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मृतक आमा छोरा र घाईते धितालद्वय बाबु छोरी सबै एकै परिवारका सदस्य हुन् ।

घाईतेको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनापछि बुलेट चालक फरार रहेको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट