भरतपुर ल्यावमा थप २९ जनामा काेराेना पुष्टि : चितवनमा चारजना थपिए

चितवन समाचार डटकम, १५ असार ।
भरतपुर अस्पताल काेभिड-१९ प्रयाेगशालामा परिक्षण गरिएका मध्य थप २९ जनामा काेराेना पुष्टि भएको छ । अस्पतालले अाज जारी गरेको सुचना अनुसार हिजाे परिक्षण गरिएको ५३५ मध्ये २९ जनाकाे पाेजेटिभ र ५०६ जनाकाे नेगेटिभ देखिएको हाे । जस्मधे चितवनका ४, अर्घाखाँचीका ११,पाल्पाका १३ जना, र कैलालीका १ जनामा पाेजेटिभ पाईएकाे छ । चितवन खैरहनी नगरपालिका वडा नम्बर २ र ३ का बर्ष ३२ र बर्ष २७ का दुईजना महिला , भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ का २१ र २३ बर्षका दुईजना पुरुषमा काेराेना पाेजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट