पोखरा, १४ असार । गण्डकी प्रदेशमा आज आइतबार विहानै थप ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नयाँ थपिएका संक्रमित बागलुङ, तनहुँ र पर्वत जिल्लाका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा।विनोद बिन्दु शर्माले विज्ञप्ति जारी गरी प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप संक्रमण पुष्टि भएको जनाएका छन् ।
बागलुङको बडीगाड गाउँपालिकाका ६ पुरुष, बागलुङ नगरपालिकाका १७ पुरुष, बागलुङकै काठेखोला गाउँपालिकाका दुई महिला र दुई पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई महिला, भानु नगरपालिकाका तीन पुरुष, व्यास नगरपालिकाकी १४ वर्षीया एक किशोरी र पर्वतको कुश्मा नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको हो। योसँगै गण्डकीमा संक्रमितको संख्या आठ सय ८८ पुगेको छ ।