हेटाैंडाकी सुस्मिता थापाकाे हत्याकाे बिराेधमा भरतपुरमा प्रदर्शन

असार १२, चितवन ।
हेटौडामा हत्या भएकी सुस्मीता थापाको हत्यारा पत्ता लगाई कानुनी कारवाही गर्नुपर्ने भन्दै चितवनमा दवावमुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
गत असार १ गते हेटौडामा आफ्नेै घरमा मृत भेटिएकी सुस्मीताको आत्मशान्तिको कामना गर्दै मेची महाकाली बुहारी संयुक्त आवाज चितवनले भरतपुरको चौविसकोठीमा दीप प्रज्वलन गरेको हो । सो कार्यक्रममा अधिकारकर्मी मीना खरेलले अहिले पनि महिलाहरु घर भित्रै मारिनु दुख:द भएको बताउनु भयो । उहाँले महिला हिंसा कम गर्नका लागि पनि दवाव मुलक कार्यक्रम गर्न वाध्य भएको बताउनु भयो ।
कार्यक्रममा अधिकारकर्मी संगिता भट्टराईले लकडाउनको समयमा महिला हिंसा झन वढेको भन्दै दुख व्यक्त गर्नुभयो । उहाँले आफ्नै घर भित्र महिला सुरक्षित नभई मारीनु पर्ने अवस्थाले सबैलाई गम्भिर हुन वाध्य पारेको बताउनु भयो।
कार्यक्रममा मची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय प्रवक्ता मञ्जु खाँडले सुस्मिताको हत्यारालाई हदैसम्मको कानुनी कारवाही हुनुपर्ने बताउनु भयो । ससुराबाट नै एकल बुहारीको हत्या भएको हुनसक्ने भन्दै उहाँले कुनै पनि बाहनामा हत्याराले उन्मुक्ति पाउन नहुने बताउनु भयो ।
सो अवसरमा अधिक्क्ता कल्पना उप्रेतीले महिला हिंसा न्युनिकरण गर्नका लागि सचेतना मुलक कार्यक्रमका साथसाथै महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने बताउनु भयो । कार्यक्रम मेची महाकाली बुहारी संयुक्त आवाज चितवनकी अध्यक्ष महेश्वरी खड्का थापाको अध्यक्षता भएको थियो ।

शेयर गरौ

ताजा अपडेट