चितवनका दुईजनामा आज काेराेना पाेजेटिभ

चितवन समाचार डटकम, १२ असार ।
भरतपुर अस्पताल काेभीड १९ प्रयाेगशालामा आज गरिएको परिक्षणमा चितवनका दुईजनामा काेराेना पाेजेटिभ देखिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्वर-१३ का बर्ष २७ का एकजना पुरुष र राप्ती नगरपालिका वडा नम्बर ५ का बर्ष ४० का एकजना पुरुषमा काेराेना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
भरतपुर, रत्ननगरका विभिन्न ठाउँ र यहाँका विभिन्न अस्पतालबाट गरि आज १०९ जनाकाे परिक्षण गरिएको थियाे ।
बाँकि १०७ जनाकाे रिपोर्ट नेगेटिभ अाएकाे भरतपुर अस्पतालले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट