चितवन समाचारडटकम, १२ असार ।
सडक वाेर्ड नेपालले पूर्व पश्चिम राजमार्गकाे भरतपुर-१२ गाेन्द्राङमा रहेकाे सडक दस्तुर उठाउन राखिएको टाेलबुथ लाेथरमा स्थानान्तरण गर्ने निर्णय गरेकाे छ ।
गृह मन्त्रालय, सम्वन्धित स्थानीय तह र जिल्ला प्रशासनबाट पटक-पटक अनुराेध भएकोले वाेर्ड कार्यकारी समितिकाे असार ४ काे बैठकबाट स्थानान्तरणकाे निर्णय गरिएको वाेर्डले जनाएको छ । हाल काेभिड-१९ काे लकडाउनकाे जारी अवस्थाका कारण दस्तुर उठाउने कार्य स्थगित नै रहेकाले परिस्थिति सामान्य भएपछि टाेलबुथ ढाट लाेथर स्थान्तरण हुने बाेर्डले जनाएको छ ।
गाेन्द्राङ ढाट स्थानान्तरणकाे माग गर्दै पूर्बी चितवनबासिले अान्दोलन समेत गर्नुपरेकाे थियाे । राजनीतिक दल, जनप्रतिनिधिहरुकाे समर्थनमा रत्ननगर उधाेग वाणिज्य संघले अान्दाेलनकाे संयाेजन गरेकाे थियाे । सदरमुकाम अाउदा जादा समेत कर बुझाउनु पर्ने बाध्यता अब टरेकाे भन्दै रत्ननगर उधाेग वाणिज्य संघले अाज पत्रकार सम्मेलन गरि याे अभियानमा सहयाेग पुर्याउने सबैमा धन्यवाद ब्यक्त गरेकाे छ । पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी प्रदेश सभा सदस्य कृष्णप्रसाद खनालले ढाट स्थानान्तरणकाे निर्णय जिल्लाबासिकाे चाहाना बमाेजिम भएको बताउनुभयाे । बिशेषत पूर्बी चितवनबासीले दशकाैदेखि याे माग उठाउदै अाएकाे उल्लेख गर्नुभयाे ।
संघका अध्यक्ष राजाराम रेग्मीले गाेन्द्राङ ढाटका कारण पूर्बी चितवनवासिले बर्षाै देखि हैरानी बेहाेरेकाे स्मरण गर्नुभयाे। ढाट हटाउन माग गरिएको अान्दाेलनमा अज्ञात ब्यक्तिले गत ०७६ जेठ ३ ढाटमा अागजानि गर्दा तत्पश्चात उत्पन्न परिस्थितिले सिर्जना गरेकाे असहजताबारे पनि रेग्मीले प्रकाश पार्नुभयाे । पत्रकार सम्मेलनमा रत्ननगर नगरप्रमुख नारायण वन, नेकपा नगर अध्यक्ष केपि लामिछाने, कांग्रेस नगर सभापति रुपनराज घिमिरे लगायत सहभागी हुनुहुन्थ्यो ।