आफ्नेै गाउँ फर्कि आँए…… ; आज ४५९ जना नेपाली ल्याण्डिङ

काठमाडौं, ११ असार ।
कोरोना भाइरसका कारण विभिन्न तीन देशमा समस्यामा परेका ४५९ जना नेपाली आज (बिहीबार) स्वदेश फर्किएका छन् ।

आज कतारु दुवई र कुवेतमा समस्या परेका ४५९ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको हो । कतारबाट उद्धार उडानमार्फत् बिहीबार विहान १५८ जना नेपाली स्वदेश फर्केका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको तेस्रो उडानमार्फत तीन जना गर्भवती, सात जना सुत्केरी, दुई नाबालक र १४६ जना पुरुष स्वदेश फर्केका हुन् ।

कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको समय अनुसार बिहीवार बिहान २ बजेर ७ मिनेटमा उडेको हिमालय एयरलाइन्सको विमान नेपालको समय अनुसार ९ बजेर ७ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडानमार्फत काठमाडौं पठाइएको दूतावासले जनाएको छ । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्न दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

आबुधाबी र कुवेतबाट काठमाण्डौ आइपुगे तीन सय नेपाली
यस्तै दुवईको आबुधावी र कुवेतबाट ३०१ जना नेपाली काठमाडौं आइपुगेका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली काठमाडौ आइपुगेका हुन् ।

यस्तै कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर काठमाडौ आइपुगेको छ । आज कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कने छन् ।

शेयर गरौ

ताजा अपडेट