नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसमा दीप प्रज्वलन

चितवन समाचारडटकम, १० असार ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४१ औ स्थापना दिवसको अवसरमा नारायणगढमा दीप प्रज्वलन गरिएको छ । सामाजिक दुरी कायम गरि संगठनकाे स्थापना दिवस मनाइएको चितवनमा दिप प्रज्वलन गरी मनाईएकाे चितवन जिल्ला सचिव दिपककुमार सिलवालले जानकारी दिनुभयो ।नारायणगढ बसपार्कमा सामाजिक दूरी कायम गरि दीप प्रज्वलन गरिएको हाे । कार्यक्रममा प्रमूख अतिथी संगठनका केन्दिय उपमहासचिव केशव बहादुर थापा निरू रहनु भएको थियो । साे क्रममा सम्पूर्ण यातायात मजदुरहरुलाई थापाले शुभकामना ब्यक्त गर्नुभयाे ।काेभिड १९ का कारण सीमित मजदुरहरू सहभागी रहेको उक्त कार्यक्रमको अध्यक्ष दिप बहादुर अधिकारी रहनुभएकाे थियाे ।

शेयर गरौ

ताजा अपडेट