चितवन समाचार डटकम, ९ असार ।
स्थानीय प्रशासनले चितवनमा रेष्टुरेन्ट तथा हाेटल सञ्चालनमा हाललाई पूर्णत राेक लगाईएकाे जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले अाज एक सुचना जारी गरि अटेर गरि सञ्चालन भएको पाईएमा कारबाही हुने जनाएको छ ।
रेष्टुरेन्टबाट टेक अवे सेवा दिन र हाेटलहरुले क्वारेन्टाइन सेवा दिन प्रशासन कार्यालयबाट पूर्ब स्वीकृति लिएर मात्रै सञ्चालन गर्न पाउने भनिएको छ ।
काेभिड-१९ काे संक्रमण राेकथामका लागि हाेटल रेष्टुरेन्ट खाेल्न राेक लगाउनुपरेकाे प्रशासनले जनाएको छ ।


