चितवन समाचार डटकम, २ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गदैं हुनुहुन्छ । बर्तमान सरकार गठन भएको एक बर्ष पुरा भएको अबसरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा संबोधन गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीले आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ । संवोधनका क्रममा प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा सरकारले गरेका कार्यप्रगती र आगामी योजना वारे विस्तृतमा राख्नुहुने बुझिएको छ । सामाजिक सुरक्षा कार्यक्रम लागु, रोजगार कार्यक्रमको शुभारम्भ, पूर्वाधार निर्माणको तिव्रता, रेल, पानीजहाज, सडक, जलविद्युत, अन्तरािष्टय सम्वन्ध जस्ता विषयमा भएको प्रगतीलाई सरकारले उपलब्धी ठान्दै आएको छ ।
२०७४ साल फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।
