चितवनका ब्यवसायीहरुद्वारा भाडा छुटकाे माग , भाडा कागजमा एउटा र ब्यवहारमा अर्को

चितवन समाचारडटकम, ९ असार ।

चितवनमा घर तथा सटर भाडामा लिई व्यापार ब्यवसाय गर्दै आएकाहरुले लकडाउन अवधिकाे भाडा छुट गर्न माग गरेका छन् । सटर तथा घर भाडामा लिई बसेकाहरूले संगठित रुपमा स्थानीय सरकारलाई मागकाे सुनुवाइ गर्न पत्र समेत बुझाएको जनाएका छन् । घरवहाल उपभोक्ता मञ्चमा यस किसिमका ब्यवसायी संगठित छन् । मञ्चका अध्यक्ष हरि पाैडेलले घरधनीहरुबाट भाडाकाे ताकेता भएपछि आफुहरुले संस्थागत ढंगले स्थानीय सरकारकाे ढाेका ढक्ढकाउन परेको बताउनुभयाे । “अहिले धेरै जसाे घरधनिले भाडा मागिरहेका छन्, कतिपयबाट केही प्रतिशत छुट दिने कुरा अाएका छन् तर, हामी लकडाउन अवधिकाे भाडारकम तिर्न सक्ने अवस्थामा छैनाै ।”- पाैडेलले भन्नुभयाे ।
नारायणगढ, भरतपुर, टाडि र माडीका गरि १३५० जना हाल संस्थामा अावद्ध रहेकाे उहाँले जानकारी दिनुभयो । जिल्लाभर करिब ३० हजार यसप्रकारका ब्यवसायी मर्कामा रहेको जनाउँदै अध्यक्ष पाैडेलले भाडाकाे बिषय अहिले सबैकाे साझा समस्या रहेकाे उल्लेख गर्नुभयो ।
पुर्ण लकडाउन भएको अबधिकाे पूर्ण छुट र त्यसपछि अवस्था असहज रहेसम्म ५० प्रतिशत छुट हुनुपर्ने माग रहेको पाैडेलले जानकारी दिनुभयो ।

भाडा कागजमा एउटा र ब्यवहारमा अर्को

चितवनको मुख्य बजार क्षेत्रमा एउटा सटरकाे ५०,००० सम्म ब्यवसायीले बुझाउने गरेका छन् । तर यसको धेरै कम रकम भाडा बुझेकाे बुझाएको भनी कर दाखिला हुन्छ । घरवाहल कर थाेरै तिर्न कागजमा भने थाेरै रकम उल्लेख हुने गरेकाे एक ब्यवसायीले बताए । ती ब्यवसायीका अनुसार नारायणगढकाे लायन्सचाेक देखि पुल्चोक सम्मकाे खण्डमा ३० देखि ५० हजार सम्म एउटा सटरकाे मासिक भाडा बुझाउनु पर्छ । तर ६/७ हजार रुपैया मात्रै भाडा लिएको दिएकाे जनाई बहाल कर थाेरै तिर्ने गरेकाे पाईएकाे छ ।
अब प्रश्न उब्जिएको छ, कागजमा उल्लेखित भाडा छुट कि लिने दिने गरिएको खास भाडा छुट ?
घरवाहाल उपभोक्ता मञ्चले लकडाउन अवधिकाे भाडा छुट नभए कानुनी उपचार खाेज्ने चेतावनी समेत दिएकाे छ । मञ्चले स्थानीय सरकारलाई मागपत्र पनि बुझाएको छ । आपसि अनाैपचारिक समझदारीमा भाडा कायम र लेनदेन गर्ने ब्यवसायी र घरधनीबिच कर छल्न चालेको जुक्तिले झमेला बढ्ने संकेत देखिएकाे छ ।

शेयर गरौ

ताजा अपडेट