आज मात्रै ५३५ जना थपिए कोरोना संक्रमीत : जम्मा ९ हजार ५६१

काठमाडौं, ८ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५३५ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५६१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ३७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २१४२ पुगेको छ । कूल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ ।
प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ । अब नेपालमा रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिन बाँकी छ ।

शेयर गरौ

ताजा अपडेट