सुर्खेत अस्पतालमा पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

सुर्खेत, ८ असार ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत जेठ ३१ र ३२ गते देखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनमा राखिएका ४२ जनामध्ये पाँच जनालाई कोरोना संक्रमण देखिएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिएका छन् । उनीहरु सबैलाई प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएको छ ।
तपाइँको प्रतिक्रिया