चितवन, ८ असार ।
चितवनको कालिका नगरपालिका वडा नम्बर ६ काे भित्री सडकमा सोमबार बिहान माेटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका ४ का २७ वर्षिय राम महत्तो रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको पल्सर मोटरसाइकल खेतमा पानी लैजाने कुलोको कल्भर्टबाट खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते उनलाई तत्काल भरतपुर अस्पताल ल्याईएको थियो । उपचारको क्रममा बिहान २ः२५ बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


