राेहीत भट्टराई
दुधाैली, ७ असार ।
सिन्धुली जिल्लाकाेे दुधाैली नगरपालिकामा कमला नदीमा सूर्य ग्रहण पछि नुहाएर घर फर्केकाहरु चढेकाे पिकअप भेन दुर्घटनामा परेकाे छ ।
दुर्घटनामा परि ७ जना घाइते भएका छन् । घाइते मध्ये चारजनाको अवस्था गम्भीर छ ।
बा २१ च ७०६८ नम्बरको पिकअप भेन दुधाैली-९ तिताकुनिमा दिउसो ३ बजे दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा परि घाइते हुनेहरुमा दुधाैली-८ का टंकनाथ पाैडेल, शम्भु दाहाल, गाेमा पाैडेल, रक्षा पाैडेल, पवित्रा दाहाल, कमल दाहाल र शाेभाकुमारी दाहाल रहेका छन् ।
गम्भीर चारजनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको र अन्यकाेे ह्यान्डस स्वास्थ्य उपचार केन्द्र दुधाैलीमा उपचार गरिएको छ । मदनभण्डारी लाेेेेेेेेेेेकमार्गमा पिकअप भेनकाे तिव्रगतिका कारण दुर्घटना हुन पुगेको प्रारम्भिक अनुमान छ ।


