चितवन समाचार डटकम,
७ असार । चालिस वर्ष यताको सबैभन्दा लामो सूर्य ग्रहण अहिले नेपालसहित भारत लयातको देशमा लागिरहेको छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुदैछ ।
चितवनमा भने सूर्य ग्रहण देख्न सकिएको छैन । विहानैदेखि पानी पर्न लागेको र वादलका कारण सूर्य देख्न सकिएको छैन । चितवनको भरतपुर क्षेत्रबाट सूर्य हेर्दा वादल लागेको छ । वादलले आकास ढाकेको कारण ग्रहण देख्न सकिएको छैन । वैज्ञानिकका अनुसार ग्रहण लागेको वेला चिसो महसुस हुनेछ ।
ुनेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।
चितवनको भरतपुरबाट देखिएको सूर्य ग्रहणको ताजा तस्वीरहरु




