काठमाडौं , ७ असार ।
विश्व संगीत दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।
संगीत दिवसको शुरुवात सन् १९८१ मा फ्रान्सबाट भएको मानिन्छ । त्यसयता संगीतसंग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्यले विश्वका विभिन्न १ सय १० भन्दा बढी देशमा संगीत दिवस मनाउने गरिन्छ । नेपालमा वि सं २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।
विश्वभरको सरल र सहज भाषाको रुपमा संगितलाई लिने गरिएको छ ।


