गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना पुष्टि

पोखरा , ७ असार ।
गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहान बागलुङ, म्याग्दी, पर्वत र तनहुँमा गरि १६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको छ । प्रदेशका ११ वटै जिल्लामा कोरोनाको संक्रमण देखिएसँगै प्रदेशका सबै जिल्ला रेड जोनमा परेका छन् ।

शेयर गरौ

ताजा अपडेट