अशाेक दर्जीको नयाँ गीत ‘प्रणाम’ सार्वजनिक

चितवन ।
अशोक दर्जीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । टंक बुढाथोकीको शब्द तथा सङ्गीत रहेको ‘प्रणाम’ बोलको गीत शुक्रवार सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा अशोक दर्जी र एआर बुढाथोकी फिचर्ड छन् । अशोकको आवाजमा सार्वजनिक भएको यो पहिलो एकल गीत हो । यस अघि उनले गाएका गीतमा गायक सङ्गीतकार टंक बुढाथोकी र एआरको संयुक्त आवाज रहेको थियो । सार्वजनिक गीतको भिडियो निर्देशन टंक स्वयमले गरेका हुन् । भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ । (सिने पाटिबाट साभार)

शेयर गरौ

ताजा अपडेट