चितवन, फागुन १ ।
चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको प्रथम मेयर कप खुल्ला भलिवल प्रतियोगिता अन्र्तगत बुधवार दुईवटा सेमिफाइनल खेल भएका छन ।
पर्यटन प्रर्वद्धनको लागि आयोजना गरिएको १३ औं सौराहा फुड फेष्टिवल अन्तर्गत आयोजना गरिएको भलिवल प्रतियोगितामा वडा नं ७ र वडा नं १३ फाइनलमा प्रवेश गरेका छन । बुधवार भएको पहिलो सेमिफाइन खेलमा वडा नं १४ लाई सोझो सेटका पराजित गर्दै वडा नं ७ र दोश्रो सेमिफाइनल खेलमा वलेसी रेष्टुरेष्टलाई सोझो सेटमा पराजित गर्दै वडा नं १३ फाइनलमा प्रवेश गरेको रत्ननगर खेलकुद विकास समितिका अध्यक्ष केशब आचार्यले जानकारी दिए । प्रतियोगिताको फाइनल विहीवार हुनेछ । रेष्टुरेष्ट एण्ड वार एसोसियसन रेवान सौराहा र रत्ननगर नगरपालिकाले सयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन ।
प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार र दोश्रो हुने टिमले ५१ हजार नगर पुरस्कार पाउने छन । प्रतियोगितामा वडा नं ७,१०,१३,१४,बलेसी रेष्टुरेष्ट र लक्ष्मी पोल्ट्री खैरहनीको सहभागिता रहेको थियो । चितवनको पर्यटन प्रर्वद्धनको लागि भ्यालेनटाइन डे को अबसर पारेर आयोजना गरिएको सो फेष्टिवल फागुन ३ गते सम्म सञ्चालन हुने रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । फेष्टिवलको साँकृतिक कार्यक्रम अन्तर्गत बुधवार पशुपति शर्मा,दुर्गा सापकोटा,मिलन अमात्य,जिवी सुनार,अस्मिता डिसी,जीवन दाहाल,शिवहरि ढुंगाना,डिवी लोप्चनले प्रस्तुती दिएको कलाकार संयोजक विनोद लोप्चनले जानकारी दिए । विहीवार भ्यालेनटाइन डे को दिन फुड फेष्टिवल भब्य हुने संयोजक धु्रव गिरीले बताए । विहीवार हस्यकलाकारहरु जिग्री र पाडे लगायतका कलाकारहरुको जोडदार प्रस्तुती रहने संयोजक गिरीले जानकारी दिए ।
