नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

काठमाडौं, ६ असार ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरु भएको छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास, बालुवाटारमा बोलाएको बैठक केहीबेर अघि शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

आजको बैठकमा लामो समयदेखि वहस र विवादमा रहँदै आएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा सचिवालय स्रोत बताउँछ ।

ताजा अपडेट