जनयुद्ध दिवसमा ५७ जनाले गरे रक्तदान

चितवन १ फागुन ।

जनयुद्ध दिवसको अवसर पारेर रत्ननगरमा आयोजना गरिएको रक्तदान कायक्रममा ५७ जनाले रगत नाद गरेका छन् ।

निशान स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा पाँचजना महिलासहित ५७ जनाले रक्तदान गरेका थिए । प्रदेश तीनका प्रदेशसभा सदस्य कृष्ण खनालले प्रतिष्ठानका सल्लाहकार संयोजक ओम लामिछानेलाई रगतको ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा कञ्चन खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु रामध्वज डल्लाकोटी, संगिता भट्टराई, ईश्वर सापकोटा, पूर्णबहादुर अमगाई (सुवोध),चितवन जिल्ला रेडक्रस सभापति ज्ञानशाली न्यौपानेलगायतले रक्तदानको महत्वको बारेमा बोल्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट