पर्वत अस्पतालमा पाँचजना स्वास्थ्यकर्मी संक्रमित : उपचार सेवा ठप्प

पर्वत, ५ असार । पर्वत स्थित जिल्ला अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित भएपछि अस्पतालले ईमरजेन्सी बाहेक अन्य सबै सेवा बन्द गरेको छ ।

यस पर्वत अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. शिशिर देवकोटाले सुचना जारी गर्दै अर्को सुचना भईन्जेल सम्मका लागि अस्पतालको इमरजेन्सी बाहेकका अन्य सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् ।

शेयर गरौ

ताजा अपडेट