साउदीको दमामबाट १५४ जना नेपाली काठमाडौ आइपुगे , दुवई बाट १४८ जना आउँदेै

काठमाडौं , ५ असार । साउदीको दमामबाट १५४ जना नेपाली काठमाडौ आइपुगेका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो ।

साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान भोलि शनिबार भर्नेछ । या उडानमार्फत स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ । यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ ।
यसैबीच,
संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड बिमान नेपालका लागि उडिसकेको छ ।

९४ जना गर्भवतीसहित १४८ नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज काठमाडौंका लागि उडेको हो । फर्किनेमध्ये १०१ महिला र ४७ जना पुरुष रहेको यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ । फर्किनेमध्ये ३ जना जेष्ठ नागरिक समेत रहेका छन् । आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् ।

शेयर गरौ

ताजा अपडेट