गायिका रेश्मा बम्जनकाे नयाँ गीत सार्वजनिक : “टुङ्नाकाे मिठाे धुन हुन्छ”

चितवन समाचारडटकम, ४ असार ।
गायिका रेश्मा बम्जनकाे तामाङ सेलाे नयाँ गीत “टुङ्नाकाे मिठाे धुन हुन्छ” सार्वजनिक भएको छ ।
विश्व दाेङकाे शब्द र संगितमा रहेकाे यस गीतमा रेश्मालाई गायक याेगेश लामाले युगल गायनमा साथ दिएका छन् । नेपाली बाबू सुमनले निर्देशन गरेकाे यस गीतकाे म्युजिक भिडियाे समेत सार्वजनिक गरिएको छ ।
सिन्धुली कलाघर युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हाे ।
सुमधुर स्वरकी धनी गायिका रेश्मा बम्जनका तामाङ सेलाे गीतहरू चर्चित छन् । उनले हालसम्म ३० वटा तामाङ सेलाे, नेपाली लाेकपप गीत रेकर्ड गराईसकेकि छिन् । डम्फु र सेलाे च्याङ्वा र मैच्याङ बिरानाे हुन पाउदैन…., तामाङकाे चेली…., याे कान्छाकाे भाकै मिठाे मादलुले हाे कि … बाेलका उनका चर्चित गीत हुन् । युवा पुस्ताले उनका गीत बढि रुचाएका छन् । सिन्धुलीको दुधाैलीमा जन्मिएकि बम्जनकाे सांगीतिक यात्रा बि.सं. २०७२ बाट आरम्भ भयाे । हाल काठमाडौं बाैद्धमा बसाेबास गर्दै आएकि उनी सरल स्वभाव र संगित प्रति लगनशील छिन्। अब छिट्टै अर्काे साेलाे एल्बमको तयारीमा लाग्ने उनकाे याेजना छ । संगित यात्राकाे छाेटाे अबधिमै धेरै दर्शक र स्राेताकाे माया पाएकाे बताउदै उनले याे यात्रालाई निरन्तर अघि बढाउने लक्ष्य रहेकाे सुनाईन् ।
तपाइँको प्रतिक्रिया