२ असार, काठमाडाैँ । नेपालमा काेराेना संक्रमितकाे संख्या ६५९१ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप ३८० जनामा संक्रमण देखिएको हाे ।
पछिल्लो २४ घण्टामा ११७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११५८ पुगेको छ । जसमध्ये अहिलेसम्म १९ जनाको मृत्यु भएकाे छ । कुल ७३ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।


