चितवन समाचार डटकम
भरतपुर, २९ माघ :
नारायणी ईङ्लिस पब्लिक माध्यमिक विद्यालय भरतपुरकोे रजत महोत्सवको अवसरमा मंगलबार आठौ जिल्ला स्तरीय अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नारायणी नमुना माध्यमिक विद्यालय ‘ए’ प्रथम, वाल्मिकी शिक्षा सदन ‘दोस्रो,’ सुर्योदय ईङ्लिस स्कुल ‘तेस्रो’ भएका छन् ।
कार्यक्रममा भरतपुर इङ्लिस स्कुल सोशाइटिका उपाध्यक्ष इन्द्रेश शाह प्रमुख अतिथी रहनु भएको थियो भने विशेष अतिथी विद्यालयका अध्यक्ष राजेश्वर खनाल रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै नारायणी ईङ्लिस पब्लिक माध्यमिक विद्यालयका प्राचार्य वेदराज न्यौपानेले हाजिरजवाफ प्रतियोगिताले बिद्यार्थीको अतिरिक्त क्षमताको विकास हुने बताउनुभयो ।
विद्यालयकी शिक्षक प्रतिमा घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमलाई शिक्षक नविन वगाले संयोजन गर्नु भएको थियो ।