दाङ । भारतबाट नेपाल आएर क्वारेन्टिनमा बसेका एक जोडीले क्वारेन्टिन स्थलमै विवाह गरेका छन् । क्वारेन्टिल स्थलमा कोरोना परिक्षण पिसिआ टेष्टबाट रिपोर्ट निगेटिभ आएपछि उनीहरुको क्वारेन्टिन स्थलमै विवाह गरेका हुन् ।
दाङ घोराही उपमहानगरपालिका १८ स्थित क्वारेन्टिनमा बसेका जोडीको परिवारको सहमतिमा विवाह गरिएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिए । उनले भने–‘‘भारतमा बस्दा नै उहाँहरु बिच मायाप्रेम बसेका थियो, ‘क्वारेन्टिनमा बसेको बेलामा घर परिवारको सल्लाहमा विवाह भयो ।’
विवाह बन्धमा बाँधिएका पुरुष २३ वर्षका र महिला २१ वर्षका हुन् । क्वारेन्टिन नजिक वर, पिपलको रुखमुनि वैवाहिक कार्यक्रम गरिएको र नव जोडी अहिले घरमा बसेका छन् । ‘एक हप्तासम्म अलग अलग बस्न भनिएको छ’–वडाध्यक्ष अर्यालले भने, ‘क्वारेन्टिनमा बसेका मध्य चारजनाको रिपोर्ट पोजेटिभ आएपछि उहाँहरुलाई एम्बुलेन्स मार्फत आइसोलेशनमा लगेर परिक्षण गरियो ।’


