चितवन, १ असार । भरतपुुुर स्थित काेभिड-१९ प्रयोगशालामा
थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर-१४ का ३६ वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । उनी भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।
उनी सहित अन्य जिल्लाका गरि ७ जनामा पुष्टि भएको हाे । ६ जना नवलपुर, नुवाकोट र अर्घाखाँची जिल्लाका छन् ।
प्रयोगशालामा जेठ ३२ गते गरिएको परीक्षण गरिएको ३ सय ८१ नमूना मध्ये ७ जनामा पोजेटिव रिपोर्ट आएको हो । अस्पतालका अनुसार सल्यानको ८६, भरतपुर अस्पतालका १८, भरतपुरस्थित क्यान्सर अस्पतालका १८, चितवन मेडिकल कलेजका ९, पुरानो मेडिकल कलेजका ३१, नुवाकोटका ३२, अर्घाखाँचीका १२१, भरतपुर महानगरपालिका भित्रका क्वारेन्टिनका ३३, खैरहनीका ८, सेन्ट्रल अस्पतालका १, नवलपुका २४ जनाको परीक्षण गर्दा ३ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको हाेे ।


