नवराजसहित ६ जनालाई नै हत्या गरेर भेरीमा फालेको निष्कर्ष : ३४ जनाविरुद्ध मुद्दा

जाजरकोट, ३२ जेठ । रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डको अनुसन्धान कहाँ पुगिरहेको होला भन्ने नागरिकमा चासो बढिरहेका बेला आज ९आइतबार० २४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ ।
आइतरबार सरकारी वकिल कार्यालयले २९ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता गरेको हो । ३४ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत मुद्दा लगाइएको जनाइएको छ । मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेको छ।
मुद्दा दर्ता गराइएका ३४ जनामध्ये ५ जना फरार रहेका छन् भने बाँकी सबै पक्राउ परेका छन् ।
सो मुद्दामा युवती, उनका बुबा आमा, वडाध्यक्षसहित चौरजहारीका २९ जनालाई प्रतिवादी बनाइएको छ ।
प्रहरीले मृतक ६ जनालाई नै गाउँलेले कुटेर बेहोस् अवस्थामा खोलामा फालेको निष्कर्ष निकालेको समाचार स्रोतले जानकारी दिएको छ । ‘पोष्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धानले बेहोस बनाएर फालेको हाम्रो ठहर हो’, स्रोत भन्छ ।
जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन १८ जना चौरजहारी पुगेका थिए । घटनामा परी भेरी नगरपालिका ११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो ।
घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो । अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन् ।
तपाइँको प्रतिक्रिया