चितवन समाचार डटकम,३१ जेठ ।
पर्वतको कुस्मा नगरपालिका वडा नम्वर ३ काफलचौरमा शनिबार राति ९ बजे गएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना पुरूष र एक महिला छन । पहिरोमा परि ६ जना वेपत्ता भएका छन । दुईवटा घर पहिरोले पुरेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो । वेपत्ता भएकाहरूको नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ । घटनाको थप विवरण आउन बाकि छ ।


