चितवन ३१ जेठ । नेपालमा कोरोना संक्रमितको सख्या हरेक दिन वढ्दो क्रममा रहेको छ । दैनिक तीनसयको हाराहारीमा संक्रमितको सख्या पुग्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा आज मात्रै थप २७३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत नयाँ तथ्यांक सार्वजनिक गरेको हो । हालसम्म नेपालमा १ लाख २७ हजार २८८ वटा नमुनाको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ ।
डिस्चार्ज हुनेको संख्या ९१३ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट मुक्त भएर हालसम्म ९१३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३६ जना डिस्चार्ज भएका छन् ।


