युथ क्लबले ग¥यो दुइ नगरपालिकालाई स्वास्थ्य सामग्री र खाद्यान सहयोग

चितवन ३० जेठ । युथ क्लब नारायणगढले दुइवटा नगरपालिकालाई स्वास्थ्य सामग्री र खाध्यान्न सहयोग गरेको छ ।
क्लबको बेटर ब्रिक नेपाल (विविएन) परियोजना अन्तर्गत खैरहनी नगरपालिकालाई स्वास्थ्य सामग्री र राप्ती नगरपालिकालाई खाद्यान्न सहयोग गरेको हो । क्लबले खैरहनी नगरपालिकालाई सर्जिकल माक्स, स्यानिटाइजर, स्प्रे सहयोग गरेको क्लबका अध्यक्ष रामबाबु श्रेष्ठले जानकारी दिनु भयो ।
त्यस्तै गरी राप्ती नगरपालिकामा चामल सहयोग गरेको छ । नगरपालिकाको आवश्यकता अनुसार क्लबले स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको विविएन परियोजनाका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले जानकारी दिनु भयो ।
महिला,बालबालिका, शिक्षा सम्वन्धी सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले नगरपालिकामा सहयोग गरेको हो । सामग्री हस्तान्तरण पछि खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले सामाजिक कार्यको लागि युथ क्लबको भूमिका राम्रो भएको बताउनु भयो । रोगको महामारीको जोखिम अझ वृद्धि भइरहेको समयमा स्वास्थ्य सामग्री पाउनाले ज्यादै मद्यत मिलेको बताउनु भयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष शालिग्राम नेपाल, महासचि किशोरबाबु पुरी, पूर्व अध्यक्ष भुवन आचार्य, कार्यसमिति सदस्य संजय पाण्डे, कार्यक्रम संयोजक रामचन्द्र आचार्यको सहभागीता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट