निर्माण व्यवसायीले कानुन संसोधनको लागि बुझाए ज्ञापनपत्र

चितवन २ माघ । नेपाल निर्माण व्यवसायी महासंघले कानुन न्याय तथा मानवअधिकार समन्वय समितिका सभापति कृष्णभक्त पोखरेललाई वुधबार भेटेर फौजदारी कसुर सम्बन्धी कानुन संसोधनको लागि ज्ञापन पत्र बुझाएको छ ।
मुलुकी अपराध संहितामा निर्माण व्यवसायीलाई फौजदारी अपराध मान्ने गरी हुन लागेका व्यवस्थाको संसोधन गर्न उनीहरुले ज्ञापन पत्र बुझाएको सभापति पोखरेलले जानकारी दिए । व्यवसायीले उठाएको मागको विषयमा आवश्यक छलफल र परामर्श गरी संसोधन गर्न मिल्ने भए बिचार गर्न सकिने सभापति पोखरेलले बताए । उनले भने ‘संहिताले के कस्तो असर पारेको छ त्यसलाई हामीले अध्ययन गर्छौ, छलफल गर्छौ त्यसपछि मात्र भन्न सक्छौ के गर्न सकिन्छ ।’
निर्माण व्यवसायी महासंघका वर्तमान अध्यक्ष, पूर्व अध्यक्ष सहित पदाधिकारीहरुले ज्ञापनपत्र बुझाएका थिए ।

ताजा अपडेट