चितवन समाचार डटकम,२९ जेठ ।
भरतपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाएका ब्यक्तिलाई बिरामी अवस्थामा अस्पतालमा कुरुवा बसेका आफन्तलाई कोरोना नेगेटिभ देखिएको छ ।
मृतक भरतपुर महानगरपालिका वडा नं.११ का ६८ वर्षीय पुरुषका ज्वाइँ सुरेश गुरुङको परीक्षणमा नतिजा नेगेटिभ आएको हो ।
कोरोना संक्रमित ६८ बर्षिय पुरुषको ज्यान गएपछि उनका कुरुवा बसेका ज्वाईंलाई भरतपुर अस्पतालको आईशोलेसन वार्डमा राखिएको थियो ।
रिपोर्ट नेगेटिभ आएसङ्गै आफु अस्पतालबाट डिस्चार्ज भएको उहाँले बताउनुभयो । मृतक ६१ बर्षिय पुरुष र उहाँ एकाघरमा बस्दै आउनुभएको हो । हाल घरमा मृतकका श्रीमती , छोरी, नाति र नातिनि छन् । उनिहरु चारजनाको भने परिक्षण भैनसकेको गुरुङले जानकारी दिनुभयो । अब केही दिन भित्रमा परिक्षण गर्ने भनिएको उहाँले जानकारी दिनुभयो । यस अबधिमा आफु घरमा नगई अन्यत्र बस्नुपर्ने बाध्यता रहेको उहाले सुनाउनु भयो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले घरमा भएकाहरुको परिक्षण १४ दिनपछि गरिने जानकारी दिनुभयो । यो समयावधिको परिक्षण परिपक्व हुने उहाँको भनाइ छ ।


