महामारी रोकथाममा सरकारी उदासिन भएको भन्दै भरतपुरमा प्रदर्शन

चितवन २९ जेठ । कोरोना भाइरसको रोकथाममा सरकारको उदासिनता भएको भन्दै चितवनको भरतपुरमा प्रदर्शन गरिएको छ ।
संक्रमण दिन प्रति दिन बढ्दै गएपनि रोकथाममा सरकारले प्रभावकारी भूमिका नखेलेको भन्दै चितवनका युवा तथा व्यवसायीहरुले मौन जुलुस प्रदर्शन गरेका हुन् ।

भरतपुरको चौबिसकोठीमा भेला भएर उनीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरे । चौबिसकोठीमा भेला भएका उनीहरुले कोरोना संक्रमणलाई लक्षित गरि सामाजिक दुरी कायम गर्दै विरोध प्रदर्शन गरेका थिए ।
दर्जनौंको संख्यामा भेला भएका उनीहरुले कागजमा विभिन्न नारा लेखि शरिरमा टाँसेर सडक किनारमै उभिई प्रदर्शन गरेका हुन् । कार्पेट होईन, पिसिआर किट किनौं, सरकार जिउदै छ, लगायतका नाराहरु प्रदर्शन गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट