बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन

काठमाडौं, जेठ २८ । कोरोना संक्रमित अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ ।

यद्यपि, राष्ट्रपति पियराको हृदयाघातका कारण निधन भएको बताइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार अस्पताल भर्ना भएका उनको उपचारकैक्रममा निधन भएको हो ।

कतिले उनको मृत्यु कोरोनाका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा भएको आशंका गरेपनि सरकार आधिकारीहरुले यसलाई अस्वीकार गरेका छन् ।

यसैबीच, बुरुण्डीमा सातदिने शोकको घोषणा गरिएको छ ।

बुरुण्डीमा कोरोना महामारीकाबीच पनि ‘लकडाउन’ गरिएको थिएन भने र्‍याली र आमसभा आयोजना गर्नपनि अनुमति दिइएको थियो ।

बुरुण्डीमा कोरानाको कारण एकजनाकोमात्रै मृत्यु भएको छ भने १०० संक्रमित छन् । (एजेन्सी)

शेयर गरौ

ताजा अपडेट