चितवन, २८ जेठ ।
नेपालमा काेराेना संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएका पीसीआर परीक्षणमध्ये थप २७९ जनामा भाइरस संक्रमण पोजिटिभ रहेको फेला परेको हो ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४१४ पीसीआर परीक्षण गरिएका थिए । हालसम्म देशभर १ लाख १० हजार ७४४ पीसीआर परीक्षण गरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार अब देशभर कोरोना भाइरसका जम्मा संक्रमितको संख्या ४ हजार ३६४ पुगेका छन् ।


